दफा १०
राष्ट्रिय विकास परिषद्को गठन
१०. राष्ट्रिय विकास परिषद्को गठनः
आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलको लागि राष्ट्रिय विकास परिषद्को गठन हुनेछः–
(२) परिषद्मा देहाय बमोजिमका पदाधिकारीहरु रहने छन् ः
(क) प्रधानमन्त्री – अध्यक्ष
(ख) आयोगको उपाध्यक्ष – उपाध्यक्ष
(ग) सबै विभागीय मन्त्री÷राज्यमन्त्री – सदस्य
(घ) व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता – सदस्य
(ङ) व्यवस्थापिका–संसदका स्थायी समितिका सभापतिहरु – सदस्य
(च) आयोगका सदस्यहरु – सदस्य
(छ) गभर्नर, नेपाल राष्ट्र बैक – सदस्य
(ज) विभिन्न क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय जीवनमा योगदान पु¥याएका व्यक्तिहरु मध्येबाट आयोगद्वारा मनोनीत पैंतीसजना – सदस्य
(झ) सचिव, राष्ट्रिय योजना आयोगको सचिवालय – सदस्य–सचिव